पोखराको विभिन्न स्थानबाट लागुऔषधसहित ४ जना प्रकाउ

पाेखरा | साउन २४, २०७९

पोखराको विभिन्न स्थानबाट लागुऔषधसहित ४ जना प्रकाउ

 

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विभिन्न स्थानबाट ४ जनालाई लागुऔषधसहित प्रकाउ गरेको छ । 

 

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थायी घर भइ हाल पोखरा–३० खत्रीचोक बस्दै आएका ४४ वर्षिय ईन्द्रमान गुरुङ (सन्तोष), पोखरा–१३ बाझापाटन बस्ने ४० वर्षका विकास गुरुङ, पोखरा–३१ भलाम बस्ने सावाँ वि.क र पोखरा–३० घर भइ हाल बगालेटोल बस्दै आएका ५३ वर्षिय  कुमार गुरुङ रहेका छन् ।

 

उनीहरुको साथबाट विभिन्न परिमाणमा डाईजेपाम, फेनेरागन, नुर्फिन लगायतका ३७० एम्पुल अवैध लागु औषध बरामद गरेको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारीले जानकारी दिए । 

 

उनका अनुसार उनीहरुलाई लागुुऔषध सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् ।   पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

थप पढ्नुहोस्

पोखरा:   ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक र विभिन्न उपसमितिहरु गठन गरी तयारी ...

थप पढ्नुहोस्

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्